अर्घाखाँची ५ असुरकोटको एक घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया बालिकाकाे ज्यान गयाे

Jhalkonepal

अर्घाखाँची,वैशाख १७

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ ।

 भूमिकास्थान–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो ।

घरका मानिस घरबाहिर गएको समयमा आगलागी भएकाले घरभित्र रहेकी बालिकाकाे  जलेर  मृत्यु भएकाे हाे । 

प्रतिक्रिया