काठमाडौं । नेपालमा शल्यक्रियाबिना नै गरिने अत्याधुनिक उपचार पद्धति 'इन्टरभेन्सनल रेडियोलोजी'लाई नयाँ उचाइमा पुर्याउन 'नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजी'ले शक्तिशाली र समावेशी कार्यसमिति चयन गरेको छ।
देशभरका प्रमुख अस्पतालका दक्ष विशेषज्ञहरू समेटिएको यो टोलीले नेपालको स्वास्थ्य सेवामा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।
सोसाइटीको नयाँ अध्यक्षमा शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ विशेषज्ञ डा. अजित थापा निर्वाचित भएका छन्। त्यस्तै, भावी नेतृत्वको रूपमा डा. अमृत कोइरालालाई 'प्रिसिडेन्ट इलेक्ट' चयन गरिएको छ।
संस्थाको उपाध्यक्षमा पोखराका स्थापित विशेषज्ञ डा. मनिष किरण श्रेष्ठ र महासचिवमा वीरेन्द्र सैनिक अस्पतालका गतिशील नेतृत्वकर्ता डा. मनिष थापा चयन भएका छन्।
कार्यसमितिको सह-सचिवमा चितवनका डा. प्रदेश घिमिरे र कोषाध्यक्षमा नेपाल प्रहरी अस्पतालका डा. सन्तोष जोशी रहेका छन्। सदस्यहरूमा डा. काजन र डा. सृष्टिले जिम्मेवारी सम्हालेका छन्।