काठमाडैं, वैशाख २०
संयुक्त अरब इमिरेट्स (यूएई) मा आज बिहानैदेखि भारी वर्षा हुँदा
अबुधाबी र दुबई क्षेत्र प्रभावित भएको छ ।
ठूलो वर्षा शुरुमा राजधानी अबुधावीबाट सुदूरपश्चिममा
रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो । विमानस्थल क्षेत्रमा पनि
भीषण वर्षा भएको खबरमा उल्लेख छ ।
अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र गाडी नचलाउन सरकारले
नागरिकलाई सचेत गराएको छ । खाडी देश यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र
बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।
१९ बैशाख २०८१, बिहिबार ०१:३१ मा प्रकाशित