काठमाण्डौ, मंसिर २७
अदालतको आदेशपछि रिहा भएलगत्तै विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनासाथ प्रहरीले प्रसाईंलाई पुनः पक्राउ गरेको हो ।
आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेको हो । आफूलाई पुन: पक्राउ गरेपछि प्रसाईंले सञ्चारमाध्यमसँग बोल्न खोजेका थिए । तर, प्रहरीले सञ्चारमाध्यमलाई प्रसाईं नजिक जान रोक लगाएको थियो ।
प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा समेत सीआईबीले अनुसन्धान गरिरहेको छ । यो मुद्दा बुधबारमात्रै दर्ता भएको थियो ।
२६ मङ्सिर २०८१, बिहिबार ०६:०६ मा प्रकाशित