काठमाण्डाै, साउन १७
काभा महिला भलिबल नेसन्स लिग आज विहीवारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरू हुँदैछ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रले उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् ।
आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको तयारीले टिम मजबुत रहेका बताइन् । रसियासँग खेलेपछिको पछिल्लो दश दिन ब्लक, डिफेन्स र सर्भिसमा प्रशिक्षण केन्द्रित रहेको उनले जानकारी दिइन् ।
उनले भनिन् , सहभागी अन्य राष्ट्र बलियो भएपनि उत्कृष्ट प्रदर्शनकासाथ खेल आफ्नो पक्षमा पार्ने टिमको योजना छ । ‘ नेपालले आज श्रीलंकासँग खेलेर प्रतियोगिताको सुरूवात गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
सहभागी सबै टिम तयार छन् भने आयोजक नेपाल भलिबल संघले पनि सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।
सबै खेल दशरथ रंगशालास्थित
कभर्ड हलमा हुनेछ । आयोजक नेपालको लागि घरेलु मैदान र समर्थकले थप सहयोग पुग्ने
अपेक्षा गरिएको छ । हाम्रो खेलकुद र कान्तिपुर म्याक्सले लिगको सबै खेल प्रत्यक्ष
प्रसारण गर्नेछ ।