काठमाडौँ, २६ असारः
ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो ।भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन ।
२६ असार २०८१, बुधबार ०७:५६ मा प्रकाशित