काठमाण्डाै,कात्तिक ३०
आज देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले
बिहान गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी
भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भू–भागका केही स्थानहरूमा बाक्लो
हुस्सु/कुहिरो लागेको अवस्था छ।
शुक्रबार
दिउँसोपख कोशी, बागमती र
गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा
मौसम आंशिक बदली देखी मुख्यतया सफा रहने छ।
२९ कार्तिक २०८१, शुक्रबार ०७:१४ मा प्रकाशित