आजको मौसम : पश्चिमी तराईमा अत्यधिक गर्मी, पूर्वमा 'रेमल' चक्रावतको आंशिक प्रभाव

Jhalkonepal

काठमाडाैंजेठ १६

काठमाण्डौ,जेठ १६

आगामी तीन दिनसम्म पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको हाे ।अबकाे तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ ।  महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ । ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ । आज कोशी प्रदेशसहित पहाडी क्षेत्रका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु बाँकी क्षेत्रमा आजको मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको एक–दुई ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 देशको पूर्वी भूभागमा रेमल चक्रावतको आंशिक प्रभाव रहेको छ। हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का  वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशीबागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। । कोशीबागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेने माैसम पूर्वानुमहाशाखाले जनाएकाे  छ।

 

 

प्रतिक्रिया