सङ्खुवासभा, साउन १
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१
सिसुवाखोलामा आज बिहान खसेकाे पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको
छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको
सिलिचोङ गाउँपालिका अध्यक्षले जानकारी दिनुभयो । पहिरोसँगै खसेको
विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको
गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनुभयो । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई
गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत
काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले
बताउनुभयो ।
३२ असार २०८१, मङ्गलबार ०२:४० मा प्रकाशित