काठमाण्डौ, पौष २८
कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज
काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि
सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित
भएका हुन् ।
उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने कागज गराई उनलाई परिवारको जिम्मा लगाइएको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने
६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए ।
२७ पुस २०८१, आईतबार ०९:५६ मा प्रकाशित