बधाई तथा शुभकामना दिन चाहनेले डिजिटल माध्यमबाट दिन अनुरोध : प्रधानमन्त्री ओली

Jhalkonepal

काठमाडौँ,  साउन २ गते ।

प्रधानमन्त्री ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेले डिजिटल माध्यमबाट दिन अनुरोध गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गर्नुभएको हो । 

“विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख  गर्नुभएको छ । ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

 

प्रतिक्रिया