काठमाण्डाै,
भदाै ३१
नेपाल स्टक एक्सचेन्ज(नेप्से) ५७ अङ्कले घटेर २५ सयको विन्दुमा
झरेको छ ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५७.०३ अङ्कले घटेर
२५८०.७६ को विन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड ७० लाख ६१ हजार ८०७
कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँको कारोबार
भएको छ ।
अघिल्लो कारोबारका दिन आइतबार मात्रै परिसूचक ५०.७३ अङ्कले
घटेर २६३७.७९ को विन्दुमा अडिएको थियो ।
आइतबार
बजारमा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयरको खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड
९२ लाख रुपैयाँ बढीको कारोबार भएको थियो ।
उपसमूहतर्फ
रहेका १३ वटै समूह घटेका राताम्मे भएका छन् । सबै समूहहरू घटेका छन् ।
आज
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
आज यस कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।
कारोबारका
आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३१ करोड ११ लाख ४९ हजार रुपैयाँको
साथ शीर्ष स्थानमा रहेको छ ।