करेन्ट लागेर १ जनाको मृत्यु

Jhalkonepal

      सुनसरी, भाद्र २७ 

सुनसरीको भोक्रहा नर्सिङ गाउँपालिका १ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सराज मन्सुरीको १० बर्षीया छोरी गुलासा खातुनलाई टर्चलाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

   उहाको उपचारकोलागी  जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको  प्रहरी चौकी भोक्रहा नर्सिङले जनाएको छ। 




प्रतिक्रिया