काठमाडौं, चैत १४
शिक्षाका लागि राष्ट्रिय अभियानले आयोजना गरेको कार्यक्रममा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न भनेपछि शिक्षकहरू आक्रोशित बनेका छन्। बिहीबार आयोजित सो कार्यक्रममा शिक्षकहरु आक्रोशित बनेका हुन् ।
कार्यक्रममा सभापति थापाको सो अभिव्यक्तिपछि नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली लगायत नेपाल शिक्षक संघका संघिय अध्यक्ष सोमनाथ गिरी , नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारी तथा अन्य शिक्षकहरू आक्रोसित भएका थिए । कार्यक्रममा सभापति थापाले शिक्षकहरुलाई आन्दोलन नगर्न अनुरोध गर्दै आन्दोलन गरेर पनि ऐन आउन नसक्ने बताएका थिए ।
उनले आन्दोलन स्थगित गरेर आफ्नो काममा फर्किन शिक्षकहरुलाई अनुरोध गरेका थिए। उनले शिक्षकमैत्री ऐन आउन नसकेको खण्डमा आफूले नै आन्दोलन आह्वान गर्ने समेत बताएका थिए।
उनको सो टिप्पणी पछि शिक्षकलाई अपमान गरेको र हेपेको भन्दै शिक्षकहरू सभापति थापामाथि जाइलागेका हुन्।