काठमाडौँ, साउन ६
प्रथम जननिर्वाचित प्रधानमन्त्री
विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न
कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष
गर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।
नेपाली राजनीति र साहित्यमा कोइरालाको योगदानको स्मरण गर्दै आज स्मृति दिवस मुलुकभर विभिन्न
कार्यक्रम गरी मनाउन लागिएको हो।
नेपालमा
प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते
निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका
छन् ।
कोइरालाको
जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी
पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।
नेपाली
साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति
प्रकाशित छन्। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित
भएका छन्।
त्यसैगरी, दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’
र ‘दोषी चश्मा’,हरिप्रसाद
शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’,प्रकाशित छ।
यस
अवसरमा आज संस्कृति,पर्यटन
तथा नागरिक उड्ययन मन्त्रालयले सुन्दरीजलमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण
गर्ने कार्यक्रम आयोजना गरेको छ। कांग्रेसले केन्द्रदेखि जिल्लासम्म विभिन्न
कार्यक्रमको आयोजना गरेको छ ।