हेटौडामा निशुल्क स्वास्थ्य शिविर

Jhalkonepal

हेटौडा, भदौ २३

मकवानपुरको हेटौडा उपमहानगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १२५ जना भन्दा बढीले निशुल्क स्वास्थय परामर्श तथा औषधी पाएका छन । हेटौडा उपमहानगरपालिका १७ मा निर्माणाधिन प्रस्तावित जगदगुरुत्तम चिकित्सालयमा जगतगुरुत्तम मन्दिर अध्यात्म केन्द्र हेटौडा र डिभाइन यूथ क्लबले शिविरको आयोजना गरेको हो । शिविरमा दन्त सेवा, हाडजोर्नी, जनरल मेडिसिन र फिजियोथेरापी सम्बन्धी सेवा प्रदान गरिएको थियो ।


बिगत ४ बर्ष देखि मासिक रुपमा सँचालन हुदै आएको शिविर शनिवार ३० औ पटक सँचालन गरिएको अध्यात्म केन्द्रका ब्यवस्थापक निरज निरौलाले बताउनु भयो ।  शिविरमा सेवा लिन आउनेहरुलाइ निशुल्क परामर्शको साथै औषधीहरु पनि निशुल्क बितरण गरिएको ब्यवस्थापक निरज निरौलाले जानकारी दिनु भयो ।

मासिक रुपमा सँचालन हुने शिबिरले आफ्नो गाँउमा स्वास्थ्य सम्बन्धी जागरुकता र सतर्कता बढेको हेटौडा उपमहानगरपालिका १७ हटियाका चुडामणी पराजुलीले बताउनु भयो । निशुल्क औषधी र परामर्श पाउदाँ आर्थिक रुपमा बिपन्न र जेष्ठ नागरिकहरुलाइ निकै सजिलो भएको वहाँले वताउनु भयो ।


शिविरमा प्रमुख अतिथिकाे रुपमा उपस्थित हेटाैडा उपमहानगरपालिका १८ का वडा अध्यक्ष अनिल बानियाँले आयोजक सँस्थाहरुसँग समन्वय गरि आगामी दिनमा स्वास्थय चेतना र उपचारका थप कार्यक्रम सँचालन गर्ने प्रतिवद्धता जनाउनु भयाे । 

देशका बिभिन्न भागमा बेलाबेला यसरी नै स्वास्थ्य शिविर सँचालन गर्दै आएको र हेटौडामा हरेक महिना नियमित स‌ँचालन हुने  शिविर अर्को महिना फेरी सँचालन हुने डिभाइन यूथ क्लबले जनाएको छ ।  

शिबिरमा डा आशुताेष दास, डा सचिन दास, डा प्रेम बहादुर कार्की र डा रोशनी नेपाली, लगायतका स्वास्थयकर्मीहरुले सेवा प्रदान गर्नु भएको थियो । 

प्रतिक्रिया