भारतीय राजदुतले प्रधानमन्त्रीलाई भेटे

Jhalkonepal

काठमाण्डौं, बैशाख २६

भारतीय राजदुत नवीन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका छन । भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उनको सचिवालयले जानकारी दिएको छ।

राजदूत श्रीवास्तले आक्रमण भएको ठाउँमा भारतले जबाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे।


उनले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए।


सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भर्त्सना गरे।

प्रतिक्रिया