काठमाडौं, भदाै २८
संवैधानिक परिषद्को बैठक आज बस्दै छ । आजको बैठकबाट प्रधानन्यायाधीश सिफारिस हुने सम्भावना छ ।
आगामी असोज १८ देखि ६५ वर्षे उमेरहदका कारण प्रधानन्यायाधीश
विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा जाँदै छन् । उनीपछि कसलाई प्रधानन्यायाधीश
सिफारिस गर्ने भन्नेबारेमा टुंगो लगाउन सकिएको छैन ।
संविधानतः अवकाशमा जानुभन्दा एक महिनाअगाडि नै अर्को
प्रधानन्यायाधीशको नाम सिफारिश हुनुपर्ने हो । तर, पछिल्लो सत्ता समीकरणमा विपक्षीको
बहुमत भएपछि सरकारले सिफारिसका लागि संवैधानिक परिषद्को बैठक नै राख्न सकेको छैन ।
२७ भदौ २०८१, शुक्रबार ०७:५७ मा प्रकाशित