प्रचण्डले बाेलाए विपक्षी दलहरूको बैठक

Jhalkonepal

काठमाण्डौ, जेठ २५


प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । 

प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद भवन नयाँ बानेश्वरमा मध्याह्न १२ बजे बस्ने गरी विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।  प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिटिज भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् । विपक्षी दलहरूको अवरोधकै कारण प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको छ ।

विपक्षीहरूको अवरोधकै कारण प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । 

 

प्रतिक्रिया