काठमाडौँ, असोज १
भारतको दिल्ली
राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री अरविन्द
केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री
बनाउने भएको हो ।
अब आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्नु हुने
भएको छ । आज बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री
बनाउने निर्णय गरेको थियो । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन
परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताउनुभएको छ ।
४३ बर्षिय आतिशी हालको दिल्ली सरकारमा
शिक्षा मन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ ।
केजरीवालसहितका शिर्ष नेताहरु जेलमा हुदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल
नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ ।
३१ भदौ २०८१, मङ्गलबार ०७:१७ मा प्रकाशित