काठमाडौं, पुस १७
नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम
रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेका छन्
।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो
समयदेखि असन्तुष्ट नेता रावलले ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन् । नेता रावलले एमाले अध्यक्ष ओलीले
निरङ्कुश र अन्यायपूर्ण किसिमले आफ्नो पार्टी सदस्यता खाइदिएको आरोप लगाउनुभएको छ
। महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिएकै कारण अध्यक्ष ओलीले ४९ वर्षसम्मको
लामो आफ्नो सदस्यता खोस्ने काम गरेको रावलले जिकिर गर्नुभयो । रावलले वाचन गरेको
३१ पृष्ठको विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ७४ वटा प्रश्न सोधिएका
छन् । रावलले आफूले सोधेका प्रश्नको जवाफ अध्यक्ष ओलीले नदिएमा एमाले पार्टी सकिने
दाबी गर्नुभयो ।
रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा पनि गर्नुभएको छ ।
नेता रावलले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।
देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति
निर्माण अपरिहार्य बनेको उहाँले बताउनुभयो ।
आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो
गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् ।
यही पुस १० गते बसेको
नेकपा एमालेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो
।
१६ पुस २०८१, बुधबार ०५:३४ मा प्रकाशित