काठमाडौं, पुस २२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले
आज र भोलि (मंगलबार) दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको
मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने
पूर्वानुमान समेत छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका
मौसमविद सरोज पुडासैनीका अनुसार आज सोमबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी
तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । यसैगरी
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा छिटपुटदेखि हल्का
पानी पर्ने सम्भावना पनि छ ।
पुस २३ गते मंगलबारको दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी
तथा हिमाली भूभागका केही ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । सुदूरपश्चिम र
कर्णाली प्रदेशका हकमा भने थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ ।
२१ पुस २०८१, सोमबार ०७:५४ मा प्रकाशित