आज हावाहुरीको सम्भावना कहाँ कहाँ छ

Jhalkonepal

काठमाण्डौं, बैशाख १७

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का तथा लुम्बिनी , मधेश र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको  सम्भावना छ।


प्रतिक्रिया