उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

Jhalkonepal

काठमाडौँ, असार २४

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो  महासङ्घ कार्यसमितिको आजको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो

                महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आजको कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिनुभयो यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने बताइएको उहाँले बताउनुभयो

                संशोधित विधानमा दुईजना वरिष्ठ उपाध्यक्ष हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको । संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने अध्यक्ष ढकालले जानकारी दिनुभयो

प्रतिक्रिया