वीरगन्ज, कार्तिक १४
पर्सा प्रहरीले
प्रतिबन्धित लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको गण्डक
चोकबाट जाँचका क्रममा २० वर्षीय युवकद्वयलाई प्रतिबन्धित लागु औषधसहित पक्राउ
गरेको हो ।
प्रहरीले बारा महागढीमाइ नगरपालिका–७ का ओमबाबु कुशवाहा र शैलेस यादवलाई पक्राउ गरेको पर्सा
प्रहरी प्रवक्ता दीपक भारतीले जनाए ।
उनका अनुसार प्रहरीले उनीहरुको साथबाट करिब तीन हजार एम्पुल नुरफिन, डाइजापाम र फेनारगन बरामद गरेको हो ।
वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ७२२७ नम्बरको बसबाट
प्रहरीको टोलीले ब्यागमा लुकाई छिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागु औषध बरामद
गरेको जनाएको छ ।
१३ कार्तिक २०८१, बुधबार ०७:३७ मा प्रकाशित