काठमाडौँ , चैत २५
इजरायली सेनाले
एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित सहरमा दशौं हजारले प्रदर्शन
गरेका बीबीसीले जनाएको छ । गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै
इजरायलमा प्रदर्शन भएको छ ।
प्रदर्शनकारीले
तत्काल गाजासँग सम्झौता गरेर बाँकी रहेका बन्धक फिर्ता ल्याउन र शान्ति कायम गर्न
माग गरेका छन् । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरालमा आक्रमण
गर्दा दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । उनीहरुमध्ये एक सय २४ जना रिहा
भएका छन् । बाँकी एक सय २९ जनामध्ये इजरायली सेनाले अहिलेसम्म १४ जनाको शव फेला
पारेको छ । छ महिना पूरा
भएको युद्धमा इजरायली सेनाको आक्रमणबाट गाजामा ३३ हजार एकसय जनाभन्दा धेरैको ज्यान
गएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविरामपछि पुनः शुरु भएको वार्तामा कुनै
प्रगति भएको छैन ।