राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुकाे पनि मनोनयन

Jhalkonepal

इलाम , चैत २४

इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पनि मनोनयनपत्र दर्ता गराएका छन् ।

रास्वपाका उपसभापति श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि मनोनयन पत्र दर्ता गराएका छन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवार मनोज निरौलास्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमनेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना मगरको मनोनयन पनि दर्ता भएको छ ।

 नेकपा एमालेले  सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता गराएको छ । सुहाङलाई उम्मेद्वारका रुपमा अघि सारेकोमा माओवादीले पनि समर्थन गरेको छ।

अहिलेसम्म सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङनेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी र मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।


नेपाली काङ्ग्रेस वाट डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । उनि अघिल्लाे चुनावमा स्व. सुवाषचन्द्र नेम्बाङ सँग पराजित भएका थिए ।

संविधानसभा अध्यक्षसमेत रहेका सो क्षेत्रका सांसद सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । 

 

प्रतिक्रिया