काठमाडौं, असोज ३
इजरायल र
लेबनानमा सक्रिय अतिवादी समूह हिजबुल्लाहबीच पूर्णस्तरको युद्धको सम्भावना बढेको छ
।
इजरायलले लेबनानको
राजधानी बेरुतसहितका स्थानमा भीषण बमबारी सुरु गरेको छ भने हिजबुल्लाहले पनि
निरन्तर रकेट प्रहार गर्न थालेको छ ।
लेबनानमा भएका पेजर र वाकीटकी विष्फोटसँगै हिजबुल्लाहले
कडा प्रतिक्रिया दिने अनुमान गरिएको थियो ।
उसका नेता हसन नसरुल्लाहले बिहीबार बेलुका सार्वजनिक
सम्बोधन गर्दै यसलाई युद्धको घोषणा भनेका छन् ।
उनले सम्बोधन गरिरहँदा
इजरायलले लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरिरहेको थियो ।
नसरल्लाहले इजरायलसँगको
हिसाब छिट्टै चुक्ता गर्ने चेतावनी दिएका छन् । इजरायलले हिजबुल्लाहका अखडामा
बमबारी गरेको जनाएको छ ।
यस्तै इजरायलले
लेबनानसँगको सीमाक्षेत्रमा भएको झडपमा आफ्ना दुई सैनिक मारिएको बताएको छ ।
हिजबुल्लाहको आक्रमणमा उनीहरु बिहीबार मारिएका हुन् ।
मंगलबार र बुधबार भएका
पेजर र वाकीटकी बिष्फोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । ३५ सयभन्दा धेरै
घाइते भएका छन् ।
हिजबुल्लाह निकै
शक्तिशाली संगठन मानिन्छ । उसँग करिब १ लाख रकेट भएको अनुमान छ ।