काठमाडौं १७ ढल्कुमा छिमेकीबीच भएको झडपमा परी एक जनाको ज्यान गयाे, ६ जना घाइते

Jhalkonepal


काठमाडाैं , साउन १६

काठमाडौं महानगरपालिका-१७, ढल्कुमा छिमेकीबीच भएको झडपमा परी एक जनाको ज्यान गएकाे छ ।  ६ जना घाइते भएका छन्।

झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु, पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन्। 

उनीहरूको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया