काठमाडौं, मंसिर ५
फिफा विश्वकप एसिया छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपाल आज यमनसँग खेल्दै छ। । खेल बेलुका ७ बजेदेखि सुरू हुनेछ।
यमन विरूद्धको खेल हेर्न दशरथ रंगशाला आउने दर्शकलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निः शुल्क बस सेवा उपलब्ध गराउदैछ । खेल सक्किएपछि दर्शकरहरूलाई घर जान सहज होस् भन्नका लागि एन्फाले निःशुल्क बस उपलब्ध गराउन लागेको हो। त्यसका लागि १५ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ।
एन्फाले उपलब्ध गराउने बसमा चढेर घर जान दर्शकहरूले टिकट देखाउनुपर्नेछ।
४ मङ्सिर २०८०, मङ्गलबार ०९:१९ मा प्रकाशित