मौसम : पहाडी भागमा आंशिक बदली , बाँकी भागमा मौसम सफा रहने

Jhalkonepal

काठमाडौँ, कात्तिक २८

हाल देशभर पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको जनाएको छ ।

विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी  तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रतिक्रिया