काठमाण्डौ, साएन १५
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न
ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको
थियो । कोशी,
मधेश र बाग्मती प्रदेशका थोरै
ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले
जनाएको छ ।
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै
रुपन्देहीको तिलोत्तमामा १४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै दोलखाको
लामाबजारमा १० दशमलव २ र रौतहटको चन्द्रपुरमा पनि १० दशमलव २ मिलिमिटर वर्षा मापन
भएको छ । यसैगरी बाराको निजगढमा ९ दशमलव ८ मिलिमिटर पानी परेको छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै
ठाउँमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा तीन दिनसम्म ठूलोदेखि अति ठूलो वर्षाको
सम्भावना रहेको छ । आज मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको
एक–दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।