काठमाडौँ, पुस
१०
दार्चुलामा
भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका
अनुसार गए राति ९:२५ बजे दार्चुला
केन्द्रविन्दु भइ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।
यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई
म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस
गरिएको थियो ।
९ पुस २०८१, बुधबार ०७:१६ मा प्रकाशित