काठमाडौं, पुस २८
नेप्से परिसूचक
आइतबार २५.४१ अंकले घटेको छ । नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा
झरेको हो ।
यस दिन तीन अर्ब ९९ करोड ७९ लाख
रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज
(नेप्से)ले जनाएको छ ।
४३ कम्पनीको सेयर
मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ
।
कारोबारमा रहेका १३ समूहगत परिसूचक
सबै घटेका छन् ।
वेन नेपाल लघुवित्त र सिन्धु विकास
बैंकको सेयर १० प्रतिशतले बढेको छ । न्यादी हाइड्रोको सेयर मूल्य सर्वाधिक १०
प्रतिशतले घटेको छ ।
२७ पुस २०८१, आईतबार ०३:२८ मा प्रकाशित