सरकार विस्तारको तयारी अन्तिम चरणमा, चार मन्त्रीलाई आज २ बजेपछि शपथ गराइने

Jhalkonepal

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । आइतबार ४ जना मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।

डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउने तयारी भएको छ।

उनीहरूको शपथका लागि दिउँसो साढे २ बजेको समय तोकिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।


प्रतिक्रिया