काठमाडौं, माघ २८
राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरेको छ । राष्ट्रिय
सभाको आजको बैठकले मिडिया काउन्सिल विधेयक पारित गर्न सञ्चार तथा सूचना
प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको प्रस्ताव सर्वसहमतिले पारित गरेको हो
।
बैठकमा
सत्ता पक्षका सदस्यहरूले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका थिए । विपक्षी
दलका सांसदहरूले सरकारले सुशासन कायम गर्न नसकेको र मुलुकमा इमान्दारिताको अभाव
हुँदै गएको बताएका थिए । राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आईतबार बस्ने तय
भएको छ ।
२७ माघ २०८१, सोमबार ०५:१९ मा प्रकाशित