सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्रीका भनाइ

Jhalkonepal

काठमाडौं ,जेठ ९ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताउनुभएकाे छ । 

काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण दिनुभएकाे छ । गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रूपमै आउनु भयो भन्ने आरोप छ नि! भन्ने प्रश्नमा जबाफ दिएका प्रधानन्त्री दाहालले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा भएको' बताउनुभयाे । 

प्रतिक्रिया