धुलिखेल, सावन ३
काभ्रेमा बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटना बसको ब्रेक फेल भएर भएको बताइएको छ ।
बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भइ उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख कोमल शाहले बताए ।
३ साउन २०८२, शनिवार ०३:३१ मा प्रकाशित