काठमाडौं , चैत २१
सत्तारुढ दलले नेकपा एमालेकी विमला घिमिरेलाई राष्ट्रियसभा
उपाध्यक्षमा उम्मेदवार बनाउने भएको छ ।
राष्ट्रियसभा दल नेता देवेन्द्र
दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘सत्तारुढ
चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच
भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने
उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा
दाबी गर्यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो
।
राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा
निर्वाचन हुनेछ ।
२१ चैत २०८०, बिहिबार ०२:५३ मा प्रकाशित