सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा शुरू

Jhalkonepal

काठमाडाैं , भदाै८

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा शुरू भएको छ । भदौ शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ ।

आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’अर्थात पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको सुरुवात गर्ने चलन छ । मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बनाइएको बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ ।

प्रतिक्रिया