काठमाण्डौ, असोज १८
यसपालीको बडादशैँका लागि काठमाण्डौमा खसी, च्याङ्ग्राको मासुको कमी हुन नदिने
व्यवसायीले बताएका छन् । विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता रहेको बेला कलङ्की
खसी बजार व्यवस्थापन समितिले काठमाण्डौ उपत्यकामा विगत झैँ यस वर्ष पनि मासुको कमी
हुन नदिने बताएको हो । कलङ्की खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज
खतिवडाले यसवर्ष पनि उपभोक्ताको माग पूरा गर्ने दाबी गर्नुभयो । उहाँका अनुसार
काठमाण्डौ उपत्यकामा मासुको व्यवस्थापन गर्न ३५/४० वटा जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम
भइरहेको छ ।
१७ असोज २०८१, शुक्रबार ०४:१२ मा प्रकाशित