एनपिएलमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी

Jhalkonepal

काठमाडौँ,मङ्सिर २७

 नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले लगातार दुई छक्का र एउटा चौका प्रहार गर्दै १८ रन बनाएको थियो। 

१९ रन लक्ष्य पच्छ्याएको विराटनगरले एक ओभरमा ५ रनमात्रै बनाएपछि पोखरा विजयी भएको हो।

त्यसअघि १४० रन पछ्याएको पोखराले २० ओभरमा १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

प्रतिक्रिया