काठमाण्डौ,वैशाख २०
आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन तोलामा एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ३४ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर आज एक हजार छ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
१९ बैशाख २०८१, बिहिबार १२:३३ मा प्रकाशित