तीन वटा संसदीय समितिको बैठक आज बस्दै

Jhalkonepal


काठमाडाैं चैत ९

आज तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ।

प्रतिनिधि सभातर्फका दुई र राष्ट्रिय सभातर्फका एउटा समितिको बैठक आज दिउँसो बस्नलागेकाे हाे । 

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ।

बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ।


विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने उक्त बैठकको कार्यसूची छ।

राष्ट्रिय सभातर्फको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ।


प्रतिक्रिया