रौतहटमा चाडपर्व लक्षित गरी नागरिक सहायता कक्ष सञ्चालन

Jhalkonepal

रौतहट- दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षाका लागि रौतहटमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त पहलमा चन्द्रनिगाहपुर, गरुडा, गौर लगायतका स्थानमा सहायता कक्ष स्थापना गरिएको हो।

चाडपर्वमा यात्रुहरू ठगिने, बढी भाडा लिने, ओभरलोड जस्ता समस्या न्यूनीकरण गर्न सहायता कक्षमार्फत निगरानी बढाइएको ट्राफिक प्रमुख लोकेन्द्र अधिकारीले बताए।

सवारी दुर्घटना न्यूनीकरण, मापसे नियन्त्रण, गुनासो संकलन र तुरुन्त कारबाहीका लागि सहायता कक्ष प्रभावकारी हुने जनाइएको छ।

प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार चाडपर्वमा हुने अवैध गतिविधि, लुटपाट, चोरी नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको छ। शहरदेखि गाउँसम्म गस्ती बढाइएको र सर्वसाधारणको सुरक्षामा कुनै सम्झौता नहुने बताइएको छ।

प्रतिक्रिया