आज लामिछानेको बयान सकियाे,भोलिपनि जारी

Jhalkonepal

काठमाडौं, पुस ११

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा भएको बयानका क्रममा उनले आफूमाथि लागेका सबै आरोपहरु इन्कार गरेका छन् ।
लामिछानेले कुनैपनि कसुरमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । प्रतिवादीहरुमध्ये छविलाल जोशी र लिला पछाईँको बयान सकिइसकेको छ ।
लामिछानेको बयान आज नसकिएकाले भोलिपनि जारी रहने बताइएको छ । प्रतिवादीहरुको बयान सकिएसँगै उनीहरुको थुनछेक बहस हुनेछ ।
 

प्रतिक्रिया