काठमाण्डाै, मंसिर २२
सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष क्लब च्याम्पियनशिप आजदेखि शुरू हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा हुनेछ ।
च्याम्पियनशिपमा नेपालसहित चार वटा देशका पाँच वटा क्लबले खेल्दैछन् । नेपालबाट हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले प्रतिस्पर्धा गर्दैछन् । हेल्प नेपाल आठौं प्रधानमन्त्री कपमा विजेता बन्दै र गण्डकी प्रदेश उपविजेताका रूपमा यो च्याम्पियनशिपमा छनोट भएका हुन । यस्तै भारतको क्यालिकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडीसीले खेल्दैछन् ।
उद्घाटन खेलमा आज दिउँसो सवा ३ बजे नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले खेल्दैछन् । दोस्रो खेलमा साढे ५ बजे नेपालको गण्डकी प्रदेश र माल्दिभ्सको क्लब एचडीसीले खेल्नेछन् ।
२१ मङ्सिर २०८१, शनिवार ०६:३६ मा प्रकाशित