विश्वकपमा अस्ट्रेलियाको सुध्रियो प्रदर्शन : पाकिस्तान ६२ रनले पराजित

Jhalkonepal

खेलकुद, कार्तिक ४

विश्व कप क्रिकेटमा आफ्नो प्रदर्शन सुधार्दै अस्ट्रेलियाले पाकिस्तान माथी ६२ रनको जित दर्ता गरेको छ । बेग्लुरुमा हिजो अस्ट्रेलियाले दिएको ३६८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्ताले राम्रो शुरुवात गरे पनि लक्ष्य भेटाउन सकेन । पहिलो विकेटको लागि ओपनर इमाम उल हक  र अब्दुल्ला सफिकले १३४ रनको साझेदारी गरि मजबुत आधार तयार गरे पनि अन्य ब्याटरहरुले साझेदारी बनाउन नसके पछि पाकिस्तानले ६२ रनको हार ब्यहोरेको हो । ४६ औ ओभरमा ३९५ रनमा अल आउट हुनु अघि पाकिस्तानका इमाम उल हक ७०, अब्दुल्ला सफिक ६४, मोहमह्द रिजवान ४६, सौद सफिकले ३०, र इफ्तीकार अहमतले २६ रन बनाएका थिए । 

अस्ट्रेलियाका तर्फबाट एडम जाम्पाले ४ विकेट लिए भने, स्टोनिस र कमिन्सले २,२ विकेट लिएका थिए । यस्तै मिचेल स्र्टाक र हेजलवुडले पनि १,१ विकेट लिएका थिए ।  

यस अघि अस्ट्रेलियाले पाकिस्तान सामु ३६८ रनको लक्ष्य राखेको थियो । टस जितेर पहिले फिल्डिंग गर्ने कप्तान बाबर आजमको निर्णय अनुसार पाकिस्तानी बलरहरुले बलिंग गर्न नसके पछि अस्ट्रेलियाले विशाल लक्ष्य खडा गरेको हो । अस्ट्रेलियाका तर्फबाट ओपनर डेभिड वार्नर र मिचेल मार्सले पहिलो विकेटको लागि २५९ रनको साझेदारी गरि ९ विकेटको क्षतीमा विशाल लक्ष्यको जग राखेका थिए । बार्नरले १६३ र मार्सले १२१ रन बनाए । मार्कस स्टोनिसले २१ र जोश इंग्लिसले १३ रन बनाए भने २५ रन अतिरिक्त रुपमा पाकिस्ताले दिएको थियो । 

४० औ ओभर पछि सम्हालिएका पाकिस्तानी बलरहरुले त्यसपछि रन गतिमा अंकुश लगाउन सफल भएका थिए । पाकिस्तानको तर्फबाट शाहिन शाह अफ्रिदीले ५४ रन खर्चेर ५ विकेट लिए भने ह्यारिस रौफले ३ विकेट लिए ।

यो जित संगै अस्ट्रेलिया अंक तालिकाको चौथो स्थानमा पुगेका छ भने पाकिस्तान पाचौ स्थानमा झरेको छ भने लगातार दोस्रो खेलमा हार ब्यहोरेर पाकिस्तानले अन्तिम ४ मा पुग्ने बाटोमा चुनौति थपेको छ । 


प्रतिक्रिया