सुनकाे भाउ आज आठ सयले घट्याे

Jhalkonepal

काठमाडाैं , असाेज ३

सुनको भाउ निरन्तर घटीरहेकाे छ ।  हिजो तोलाको एक लाख ५६ हजार चार सय रहेकाे सुनकाे भाउ आज आठ सयले घटेर एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । गएको तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।

प्रतिक्रिया