नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने

Jhalkonepal

काठमाडौँ ,कार्तिक ३

नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने तय भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा साँझ ५ बजे बस्ने तय भएको हो । 

यसअघिको बैठकले जग्गा दान लिने निर्णय गरेको थियो। भवनको शिलान्यास समेत भइसकेको छ। अहिले विवादमा आएकाले पार्टीको समान धारणा बनाउने र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।

हालै भाटभटेनीका सञ्चालक गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले दिएको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा केन्द्रीय कार्यालयको शिलान्यास गरेपछि एमालेको टीकाटिप्पणी भइरहेको छ। शिलान्यासपछि एकथरीले एमालेको आलोचना गरेका छन्। पार्टीकै केही नेता विरोधमा देखिएका छन्। गुरुङको सहयोगलाई २०८१ असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागत रूपमा स्वीकार गरेको एमालेले जनाएको छ।

प्रतिक्रिया